दार्चुलामा भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु | Khabarhub Khabarhub

दार्चुलामा भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.6k
Shares
  • change font
  • change font
  • change font

खलङ्गाभिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको मुद्दा शाखाबाट भागेका थुनुवा उमेश कुँवरलाई समात्ने क्रममा प्रहरी जवान चौधरी भीरबाट लडेका थिए । 

जिल्ला प्रहरी कार्यालय भवन पछाडिको भीरबाट करिब एक सय मिटर तल खस्दा चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। 

प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षीय कुँवर अनुसन्धानका लागि मुद्दा फाँटमा लैजाने बेला हतकडीसहित भागेका थिए । कुँवरलाई पछ्याउने क्रममा प्रहरी जवान चौधरी भिरबाट लडेका थिए । प्रहरी हिरासतबाट भागेका कुँवर हतकडीसहित महाकाली नदी पार गरी भारत पुगेका थिए । कुँवरलाई भारतमा रहेको गोरखा रेजिमेन्टको सहयोगमा नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याइएको जनाइएको छ । 

गत माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका कुँवरलाई प्रहरीले यही फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो । 

कुँवरले श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गर्न सामुदायिक प्रहरी केन्द्र बाङ्गाबगरबाट गएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नालाई चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ४ : २५ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि