दार्चुलामा भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु | Khabarhub Khabarhub

दार्चुलामा भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.6k
Shares
  • change font
  • change font
  • change font

खलङ्गाभिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको मुद्दा शाखाबाट भागेका थुनुवा उमेश कुँवरलाई समात्ने क्रममा प्रहरी जवान चौधरी भीरबाट लडेका थिए । 

जिल्ला प्रहरी कार्यालय भवन पछाडिको भीरबाट करिब एक सय मिटर तल खस्दा चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। 

प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षीय कुँवर अनुसन्धानका लागि मुद्दा फाँटमा लैजाने बेला हतकडीसहित भागेका थिए । कुँवरलाई पछ्याउने क्रममा प्रहरी जवान चौधरी भिरबाट लडेका थिए । प्रहरी हिरासतबाट भागेका कुँवर हतकडीसहित महाकाली नदी पार गरी भारत पुगेका थिए । कुँवरलाई भारतमा रहेको गोरखा रेजिमेन्टको सहयोगमा नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याइएको जनाइएको छ । 

गत माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका कुँवरलाई प्रहरीले यही फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो । 

कुँवरले श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गर्न सामुदायिक प्रहरी केन्द्र बाङ्गाबगरबाट गएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नालाई चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ४ : २५ बजे

रैथाने बाली विकासमा मन्त्रालय लागि परेको छ : कृषिमन्त्री

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले रैथाने बाली

भारतीय उद्यमीलाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीकाे आह्वान

नयाँ दिल्ली– परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी

बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला

घोडाघोडी– टीकापुर नगरपालिका– १५ कि अञ्जली थापा बिहान घरको कामधन्दा

कार्यालय समयमा नपुग्ने चिकित्सकलाई कारबाही गरिने

काठमाडौं– कार्यालय समयमा चिकित्सकहरू उपस्थित नभएको पाइए कारबाही गर्ने स्वास्थ्य

पुस तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलले संशय