तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त « Khabarhub

तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले गण्डकीमा डिल्लीराज भट्ट , मधेशमा सुमित्रा भण्डारी र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुखमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय भएको उनले बताइन् । 

उनले केन्द्र र प्रदेश सरकारलाई सहज ढंगले सञ्चालन गर्नका लागि उक्त निर्णय गरिएको जानकारी दिए । त्यस्तै बैठकले मन्त्रिपरिषद् अन्तर्गत बिभिन्न समिति गठन गरेको छ । 

जसअनुसार राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्रीले गर्ने, आर्थिक पूर्वाधार समितिको नेतृत्व उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री, विधेयक समितिको नेतृत्व उपप्रधान एवं गृहमन्त्री, प्रशासन समितिमा उपप्रधान एवं परराष्ट्रमन्त्री र सामाजिक समितिमा उपप्रधान एवं स्वास्थ्यमन्त्रीले नेतृत्व गर्ने प्रवक्ता शर्माले जानकारी दिइन्।

त्यस्तै प्रवक्ता शर्माले नयाँ सत्तागठबन्धनमा भएको सहमति अनुसार राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाएको भन्दै यसमा असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताइन्। 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ६ : ३४ बजे

विश्वकप फाइनलमा गुरू-शिष्य आमनेसामने, डे ला फुएन्तेसँग फुटबल प्रशिक्षण पढेका थिए स्कालोनीले

काठमाडौं- फिफा विश्वकपको फाइनलमा नेपाली समयअनुसार सोमबार बिहान स्पेन र

हरित बैकिङ्ग पद्धति प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि मिनर्जी

युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु

कम्पाला– पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले

दुर्गेशको गीत ‘ताराबाजी लै लै’लाई प्रतिबन्ध लगाउन सरकारकहाँ निवेदन

काठमाडौं- गायक तथा कलाकार दुर्गेश थापाको आगामी चलचित्र ‘मास्टर्नी’ मा

लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं– लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका क्रियाकलापको कार्यान्वयनमा स्थानीय