अपराध अनुसन्धानमा उपयोगी ‘नेपाल प्रहरी मोबाइल एप’ « Khabarhub

अपराध अनुसन्धानमा उपयोगी ‘नेपाल प्रहरी मोबाइल एप’


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रविधिको क्षेत्रमा भएका नवीन विकासलाई आत्मसात् गर्दै नेपाल प्रहरीले नागरिक सेवालाई प्रभावकारी बनाउन तथा अपराध अनुसन्धानका निम्ति सञ्चालन गरेको ‘नेपाल प्रहरी मोबाइल एप्लिकेशन (एप)’ उपयोगी साबित भएको छ ।

स्मार्ट फोन र अन्य मोबाइल उपकरणमा सर्वसाधारणको सहज पहुँचसँगै मोबाइल एपको प्रयोग पनि बढ्दै गएको छ ।

सूचना र सन्देश सङ्कलन तथा सम्प्रेषण गर्न प्रयोग गरिएको ‘नेपाल प्रहरी मोबाइल एप’ बाट आमनागरिक आफू पीडित भएको अवस्थामा होस् वा कुनै घटनाको प्रत्यक्षदर्शीको रुपमा प्रहरीलाई स्थानसहितको सूचना दिने सुविधा उपयोग गर्न सक्षम भएका छन् ।

प्रहरीलाई पनि घटनास्थलमा पुगेर प्रभावकारी रूपमा काम गर्न मद्दत पुगेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।

नेपाल प्रहरी मोबाइल एपद्वारा ‘अडियो’, फोटो र ‘भिडियो’ जस्ता प्रमाणजन्य सूचना प्राप्त गरी अपराध अनुसन्धानमा मद्दत पुगेको उनले बताए ।

उक्त एपको प्रयोगबाट आमनागरिकले ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जिपिएस)मा आधारित रहेर फोटो, भिडियो, अडियो र ‘टेक्स्ट’  सम्प्रेषण गर्न सक्छन् ।

उनले भने, ‘नेपाल प्रहरीको कामलाई प्रविधिमैत्री सेवाका रुपमा संस्थागत गर्ने उद्देश्य अनुरुप परीक्षणका रुपमा एप सञ्चालन भएको हो ।’

हाल ७७ वटै जिल्लामा प्रहरी एपमार्फत आएका गुनासा र सूचनाका आधारमा नजिकैको प्रहरी कार्यालयबाट तुरुन्त प्रहरी परिचालन गर्ने व्यवस्था भएको छ ।

समुदायमा हुने आपराधिक क्रियाकलाप, अन्य घटना एवं दुर्घटना तथा सूचनालाई चाँडो प्रवाह गर्न, अपराधीलाई तत्काल नियन्त्रणमा लिन तथा शान्तिसुव्यवस्था कायम गर्न एप उपयोगी भएको उनको भनाइ छ ।

प्रहरीको सूचना प्रविधि निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्य यो एप हरेक नागरिकले प्रयोग गरी आफू सुरक्षित हुन र प्रहरीलाई पनि सघाउन सक्ने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ११ : ३४ बजे

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म

भारत सरकारबाट नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

वीरगञ्ज– भारत सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाललाई ३०

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते

इरानलाई संयमित हुन युरोपको दबाब : के भन्छन् बेलायत, फ्रान्स र जर्मनी ?

काठमाडौं – युरोपेली शक्ति राष्ट्रले इरानलाई संयमित हुन दबाब दिएका