पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते | Khabarhub Khabarhub

पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद  पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले बिहीबार पुष्टि गरेको छ ।

हब जिल्लाको गुलाम हुसेन चत्ता क्षेत्रमा धार्मिक तीर्थयात्रीहरू बोकेको ट्रक बुधबार राति दुर्घटनामा परेको उद्धार सेवाका स्थानीय प्रतिनिधि अब्दुल हकिमले जानकारी दिए। 

उच्च गतिका कारण चालकले गाडीको नियन्त्रण गुमाउँदा उक्त घटना भएको पनि हकिमले घाइतेको भनाई उद्धृत गर्दै बताए । 

दुर्घटनाको जानकारी पाएलगत्तै उद्धारकर्मीहरू घटना स्थलमा पुगी घाइतेहरूको उद्धार गरी  स्थानीय अस्पतालमा लगेका थिए । कतिपय गम्भीर घाइतेलाई थप उपचारका लागि दक्षिणी बन्दरगाह शहर कराँची लगिएको छ । 

तीर्थयात्री बोकेको ट्रक सिन्ध प्रान्तको थट्टा जिल्लाबाट बलुचिस्तानको खुजदार जिल्लातर्फ जाँदै थियो । 

सवारी साधनको मर्मतसम्भारमा लापरवाही, भत्किएका सडक र सडक सुरक्षामा लापरवाहीका कारण पाकिस्तानमा बर्सेनि ठूलो सङ्ख्यामा सवारी दुर्घटना हुने गरेका छन् । 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  १२ : ३६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले