म्यान्मारद्वारा झण्डै नौ अर्ब डलरका सामान निर्यात | Khabarhub Khabarhub

म्यान्मारद्वारा झण्डै नौ अर्ब डलरका सामान निर्यात


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

याङ्गुन– म्यान्मारको वाणिज्य मन्त्रालयले आर्थिक वर्ष सन् २०२३-२४ मा म्यान्मारले आठ अर्ब ८० करोड अमेरिकी डलर बराबरको कारखानाबाट उत्पादित सामान निर्यात गरेको जनाएको छ ।

यद्यपि यो निर्यात अघिल्लो आर्थिक वर्ष सन् २०२२-२३ को तुलनामा केही कमी हो । मन्त्रालयका अनुसार सन् २०२२-२३ मा म्यान्मारले १० अर्ब ९४ करोड डलर बराबरका सामान निर्यात गरेको थियो ।

मन्त्रालयका अनुसार सरकारी क्षेत्रबाट तीन अर्ब ३० करोड तथा निजी क्षेत्रका उपक्रमबाट पाँच अर्ब ५० करोड अमेरिकी डलर बराबरको निर्यात भएको छ । सन् २०२३-२४ मा सबै किसिमका सामानको कूल निर्यात भने १४ अर्ब ६० करोड डलर बराबर भएको मन्त्रालयको भनाई छ । 

म्यान्मारले कारखानाबाट उत्पादित सामग्री र कृषि उत्पादनबाट सर्वाधिक बढी वैदेशिक मुद्रा आय गर्दछ । म्यान्मारले कृषि, पशु, खनिज, वन्यजन्य समेतका वस्तुहरु चीन, थाइल्यान्ड, बंगलादेश र भारततर्फ सबैभन्दा बढी निकासी गरिरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  २ : १२ बजे

नर्वेले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने

काठमाडौं– नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले आफ्नो देशले प्यालेस्टाइनलाई राज्यको

आन्दोलन घोषणापछि कांग्रेसले बोलायो भ्रातृसंगठनका अध्यक्षहरुलाई

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडक आन्दोलनको घोषणा गरेको छ

सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं– जिल्ला अदालत धनुषाले कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै तीन

शेयर बजारमा उछाल कायमै, १५.५४ अंकले बढ्यो नेप्से 

काठमाडौं– चार दिन यता शेयर बजारको उत्साह निरन्तर कायमै रहेको

कांग्रेस नेतृ गौतम भन्छिन् – रबिले गम्भिर आरोप लगाए, अब राजीनामा दिउन्

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रिय सदस्य प्रतिमा गौतमले उपप्रधान तथा गृहमन्त्री रबि