म्यान्मारद्वारा झण्डै नौ अर्ब डलरका सामान निर्यात « Khabarhub

म्यान्मारद्वारा झण्डै नौ अर्ब डलरका सामान निर्यात


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

याङ्गुन– म्यान्मारको वाणिज्य मन्त्रालयले आर्थिक वर्ष सन् २०२३-२४ मा म्यान्मारले आठ अर्ब ८० करोड अमेरिकी डलर बराबरको कारखानाबाट उत्पादित सामान निर्यात गरेको जनाएको छ ।

यद्यपि यो निर्यात अघिल्लो आर्थिक वर्ष सन् २०२२-२३ को तुलनामा केही कमी हो । मन्त्रालयका अनुसार सन् २०२२-२३ मा म्यान्मारले १० अर्ब ९४ करोड डलर बराबरका सामान निर्यात गरेको थियो ।

मन्त्रालयका अनुसार सरकारी क्षेत्रबाट तीन अर्ब ३० करोड तथा निजी क्षेत्रका उपक्रमबाट पाँच अर्ब ५० करोड अमेरिकी डलर बराबरको निर्यात भएको छ । सन् २०२३-२४ मा सबै किसिमका सामानको कूल निर्यात भने १४ अर्ब ६० करोड डलर बराबर भएको मन्त्रालयको भनाई छ । 

म्यान्मारले कारखानाबाट उत्पादित सामग्री र कृषि उत्पादनबाट सर्वाधिक बढी वैदेशिक मुद्रा आय गर्दछ । म्यान्मारले कृषि, पशु, खनिज, वन्यजन्य समेतका वस्तुहरु चीन, थाइल्यान्ड, बंगलादेश र भारततर्फ सबैभन्दा बढी निकासी गरिरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  २ : १२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका