कुमारी बैंकले ल्यायो नयाँ वर्ष २०८१ को लागि क्यासब्याक अफर ! « Khabarhub

कुमारी बैंकले ल्यायो नयाँ वर्ष २०८१ को लागि क्यासब्याक अफर !


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा क्यासब्याक अफर घोषणा गरेको छ ।

यस योजना अन्तर्गत पि.ओ.एस. भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले २०८१ रुपैंया वा कारोबार रकमको २५% जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने छन् ।  साथै, क्यु.आर. भुक्तानी मार्फत कारोबार गर्ने मोबाइल बैंकिंङ प्रयोगकर्ताहरूले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।

यो योजना २०८१ वैशाख १ गते बिहान ८:०० बजे देखि राति ११ः५९ बजेसम्म लागु हुने बैंकले जनाएको छ भने तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलो चालिस जना कार्ड प्रयोगकर्ता र पहिलो चालिस जना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले यो विशेष अफरप्रति उत्साह व्यक्त गर्दै भने, ‘नयाँ वर्षको शुभारम्भमा हामी हाम्रा ग्राहकहरूलाई यो विशेष क्यासब्याक अफर प्रदान गरेर नयाँ वर्षको शुभकामना  व्यक्त गर्न चाहन्छौँ । यसले ग्राहकहरूमा डिजिटल भुक्तानी प्रणालीमा आवहद हुन प्रोत्साहन गर्नेछ ।’

बैंकले देशभर ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  २ : २६ बजे

गैरन्यायिक खोला र सडक मापदण्ड पीडितले पौष १७ गते प्रदर्शन गर्ने

काठमाडौं– गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले पौष

प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

खोटाङ – साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारीबीच भेटवार्ता

काठमाडौं– पूर्व राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच  भेटवार्ता

तस्बिरमा हेर्नुहोस्, गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’

काठमाडौं–  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

स्वास्थ्य सामग्रीको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागको आग्रह

काठमाडौँ– नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था