स्विट्जरल्यान्डले युक्रेन शान्ति सम्मेलन गर्ने « Khabarhub

स्विट्जरल्यान्डले युक्रेन शान्ति सम्मेलन गर्ने


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

जेनेभा– स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजिओ क्यासिसले दुई वर्ष लामो युद्धपछि युक्रेनमा शान्तिको मार्ग तय गर्ने उद्देश्यले सन् २०२४ को जुन महिनामा उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बताएका  छन् । 

सम्मेलनमा सय भन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहने विदेशमन्त्री इग्नाजिओले बताएका छन् । 

उनले स्विट्जरल्यान्डले युक्रेनमा हृदयदेखि नै शान्तिको चाहना गरेको छ भन्दै यो प्रयासले सार्थक नतिजा हासिल गर्ने अपेक्षा गरिएको बताएका छन् । 

यसैबीच स्वीस विदेश मामिला विभागको प्रेस विज्ञप्तिमा स्विट्जरल्यान्डले युक्रेनमा शान्ति सम्बन्धी उच्चस्तरीय सम्मेलन सन् २०२४ जुन महिनामा बर्गेनस्टकमा आयोजना हुने अपेक्षा गरिएको उल्लेख छ ।

सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रको बडापत्रमा आधारित रहि युक्रेनमा न्यायपूर्ण र स्थायी शान्तिका लागि उच्चस्तरीय संवादको मञ्च प्रदान गर्नु हो । यस सम्मेलनमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको सहभागिता रहने छ । 

प्रेस विज्ञप्तिका अनुसार, स्विट्जरल्यान्डले द्वन्द्व समाधान र शान्तिको खोजीमा सक्रिय रूपमा संलग्न रही युक्रेनको दिगो भविष्यलाई आकार दिन निरन्तर मद्दत गरिरहेको छ ।

यसैबीच, सन् २०२४ जनवरी १५ मा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको बर्न भ्रमणको क्रममा स्विट्जरल्यान्ड र युक्रेनले न्यायपूर्ण र स्थायी शान्ति स्थापनाका लागि आगामी कदमहरूबारे छलफल गरेका थिए । परिणामस्वरूप स्विट्जरल्यान्डले उच्चस्तरीय सम्मेलन आयोजना गर्न सहमत भयो । 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  २ : ५५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको