एमालेमा हार्ने छुट छैन : मुख्यमन्त्री अधिकारी « Khabarhub

एमालेमा हार्ने छुट छैन : मुख्यमन्त्री अधिकारी


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गलकोट– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री अधिकारीले मुलुक विकासका लागि एमालेलाई हार्ने छुट नभएको बताए। 

उनले वर्तमान गण्डकी प्रदेश सरकारले नै बाँकी कार्यकाल काम गर्ने भन्दै मध्यावधि निर्वाचनमा जाने अवस्था नरहेको बताए । उन अबको निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै त्यसतर्फ काम गर्नका लागि नेता तथा कार्यकर्तालाई निर्देशन दिए। 

गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा निर्माण गरेको पहिलो पञ्चवर्षीय योजनाको केही राम्रा कामलाई दोस्रो पञ्चवर्षीय योजनामा राखेर कार्यान्वयनमा लैजान थालेको उनको भनाइ छ । अहिले देशमा सामाजिक र राजनीतिक अराजकता बढेको बताउँदै मुख्यमन्त्री अधिकारीले देशलाई नयाँ गति दिन नयाँ समीकरण निर्माण गरेको बताए। 

एमालेले आगामी चुनावलाई मिसनका रूपमा लिएको बताउँदै एमालेको पक्षमा जनलहर आइरहेको दाबी गरे। उनले आगामी निर्वाचनमा एमालेको बहुमत आए पनि विचार मिल्ने राजनीतिक दलसँग सहकार्य भने जारी राख्ने बताए।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ४ : ०८ बजे

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट