दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी « Khabarhub

दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी


२९ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग रु ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ । सङ्घले किसानलाई सो बराबरको रकम समयमै भुक्तानी नभए आफूहरू आन्दोलनमा जाने चेतावनी दिएको छ ।

गत फागुनमा केन्द्रीय दुग्ध सहकारी सङ्घ र नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत दुग्ध विकास संस्थान तथा निजी डेरीबीच भएको सम्झौताअनुसार चैत २१ गतेसम्म पुस मसान्तसम्मको दूधको भुक्तानी गर्ने सहमति भएको थियो । तर सो समयमा सम्झौताअनुसार भुक्तानी नभएको भन्दै सङ्घले आन्दोलन गर्ने चेतावनी दिएको हो ।

सङ्घका अध्यक्ष हरिप्रसाद कँडेलले सम्झौताअनुसार दूधको भुक्तानी चैत मसान्तभित्र गरिसक्नुपर्ने र बाँकी भुक्तानी निरन्तर दिने व्यवस्था गर्नुपर्ने, किसानबाट उत्पादित दूध निरन्तर बिक्री हुने व्यवस्था मिलाउनुपर्ने बताए। उनले दुग्ध उत्पादक किसानलाई दिँदै आएको लिटर अनुदानलाई निरन्तर दिने व्यवस्था गरिनुपर्ने र पशु बीमालाई सहकारी संस्थामार्फत गर्ने व्यवस्था गरिनुपर्ने माग गरे।

अध्यक्ष कँडेलले दुग्ध उत्पादक किसानका समस्याप्रति बेवास्ता गर्ने सरकार र निजी दुग्ध उद्योगीविरुद्ध निर्णायक आन्दोलनमा सहभागी हुनुपर्ने अवस्था आएको बताए। उनले सम्पूर्ण दुग्ध उत्पादक किसानलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी बाग्मती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेठलाई गराइएको बताए । मन्त्री श्रेष्ठ यसै क्षेत्रबाट चुनाव जितेकाले समस्या समाधानमा लागिदिन आग्रह गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ४ : ४१ बजे

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित