ठमेल र दरबारमार्गमा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने « Khabarhub

ठमेल र दरबारमार्गमा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंबैशाख १ गतेदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने भएको छ । 

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय सञ्चालन गर्ने जानकारी दिएका हुन् । 

जिल्ला प्रशासन कार्यालयले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गर्ने उनीहरूले जनाएका छन् । आर्थिक मन्दीको चपेटामा परेको व्यवसायलाई चलायमान बनाउन र शिथिल अवस्थामा रहेको आर्थिक क्रियाकलापलाई अघि बढाउन पूर्णकालीन व्यवसाय सुरु गर्न लागिएको र यसमा सरकारको धेरै साथ र सहयोग प्राप्त भएको उनीहरूको भनाइ छ । 

ठमेलको भगवान बहाल क्षेत्रभित्रका व्यवसायीहरूले भने पूर्णकालीन व्यवसाय सञ्चालन गर्न पाउनेछैनन् ।

पत्रकार सम्मेलनमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पूर्णकालीन व्यवसायका कारण आर्थिक गतिविधि चलायमान हुने र थप रोजगारी सिर्जना हुने बताए । ठमेलमा ६० हजारले रोजगारी पाएको र धेरै परिवार यसमा आश्रित रहेको भन्दै उनले सरकारले बनाएको आचारसंहिता अनुसार व्यवसाय सञ्चालन गर्ने धारणा राखे ।

त्यस्तै दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले पूर्णकालीन व्यवसाय सञ्चालन हुँदा साना साना व्यापारीहरूलाई व्यवसायको थप वातावरण बनेको बताए । उनले पूर्णकालीन व्यवसायका लागि आवश्यक सुरक्षा लगायतका विषयमा सरकारले प्रतिवद्धता जनाएको जिकिर गरे ।

ठमेल र दरबारमार्ग लगायतका क्षेत्रमा पूर्णकालीन व्यवसाय गर्ने विषयमा यसअघि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरोकारवाला निकायसँग छलफल गरेका थिए । प्रहरीले पनि ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ । 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ५ : ४७ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न