संगीतकर्मी संघको दोहोरी विशेष समिति गठन « Khabarhub

संगीतकर्मी संघको दोहोरी विशेष समिति गठन


२९ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय संगीतकर्मी संघको लोक दोहोरी विशेष समिति गठन भएको छ। बुधबार गायक शंकर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

उक्त समितिको वरिष्ठ उपाध्यक्षमा हरिमाया रायमाझी,महिला उपाध्यक्षमा निरू शर्मा, उपाध्यक्षमा जिपी सुनदास र नवराज काप्री ,महासचिवमा शिशिर शर्मा, सचिवमा विकास परियार, कोषाध्यक्षमा पुजा क्षेत्री निर्विरोध निर्वाचित भएका छन ।

त्यस्तै सहसचिवमा सागर राई, सह कोषाध्यक्षमा सरिता थापा मागर चयन भएका छन । समितिको प्रवक्तामा सविता परियार निर्वाचित हुँदा आरके गैरे, रिता कार्की, दीपक दर्जी, विक्रम कार्की, विष्णु बराल, श्रृष्टी शर्मा र रञ्जित विश्वकर्मा सदस्यमा निर्वाचित भएका छन ।

राष्ट्रिय संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटुवालको उपस्थितिमा भएको उक्त कार्यक्रममा कटुवालले कलाकारको हकहितको लागि उक्त समिति गठन गरिएको बताए । कार्यक्रममा लोक दोहोरी कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ६ : ५३ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ