व्यासका एक सय किसानलाई पशुपालन तालिम | Khabarhub Khabarhub

व्यासका एक सय किसानलाई पशुपालन तालिम


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा कृषकलाई कृषि र पशुपालन तालिम प्रदान गरेको छ ।

गोवर्धन शर्मा स्मृति कोषको आयोजनामा शुक्रबारदेखि सुरु भएको दुईदिने तालिममा व्यास नगरपालिकाको वडा नम्बर ५, ७, ९, १० र ११ वडाका अगुवा कृषक सहभागी छन् ।

तालिममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. राजेशकुमार चौधरी, व्यास नगरपालिका कृषि तथा पशुपन्छी विभाग प्रमुख डा. मनोज विश्वकर्मा र पशु चिकित्सक डा. सञ्जय श्रेष्ठले तालिम दिएका थिए ।

उनीहरुले बाख्रा, गाईभैँसी, पशु चौपायालगायत पशुपालनको बारेमा ख्याल गर्नुपर्ने पक्ष र अनुदानको बारेमा जानकारी गराएका थिए ।

यस्तै, व्यास नगरपालिका कृषि शाखा प्रमुख प्रतिभा बगाले, कृषि ज्ञान केन्द्र तनहुँका बाली संरक्षण अधिकृत किरण परियारले कृषि बालीमा ख्याल गर्नुपर्ने पक्ष, शत्रुजीवमित्रुजीवको पहिचान र वन क्षेत्रको विकास र संरक्षणको बारेमा नारायण कोइरालाले सहजीकरण गरेको स्मृति कोषले जनाएको छ । पचास–पचास जनाको समूह बनाएर तालिम दिइएको हो ।

व्यास नगरपालिका क्षेत्रका अगुवा कृषकलाई सङ्गठित गरी आफूहरुले सीप हस्तान्तरण गर्न तालिम दिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

व्यास नगरपालिका क्षेत्रलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन आफूहरु जुटेकोसमेत नगरप्रमुख न्यौपानेले बताए ।

करिब १८ वर्षदेखि कोषले प्राङ्गारिक खेती प्रवर्द्धनको लागि विभिन्न कृषक समूह र सहकारीलाई तालिम दिँदै आएको कोषका महासचिव रामचन्द्र पोखरेलले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : २३ बजे

अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन मानेन

काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार

आर्थिक क्रियाकलापमा बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार अगाडि

काठमाडौं– औद्योगिक वर्गीकरणअनुसार भएका आर्थिक क्रियाकलापमा बागमती प्रदेशमा खुद्रा व्यापार

ठूलो आकारको बजेट ल्याउने चक्करमा प्रधानमन्त्री, वित्तीय अनुशासन धरापमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले वितरणमुखी विनियोजन गर्ने लहड नछाडेपछि

हिरासततिर कैलाश सिरोहिया (तस्बिरहरू)

जनकपुरधाम-  जिल्ला अदालत धनुषाको आदेशअनुसार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश

गर्मी बढेपछि ६० जना कैदीबन्दी स्थानान्तरण

चितवन– जिल्लामा गर्मी बढेपछि चितवन कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण