व्यासका एक सय किसानलाई पशुपालन तालिम « Khabarhub

व्यासका एक सय किसानलाई पशुपालन तालिम


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा कृषकलाई कृषि र पशुपालन तालिम प्रदान गरेको छ ।

गोवर्धन शर्मा स्मृति कोषको आयोजनामा शुक्रबारदेखि सुरु भएको दुईदिने तालिममा व्यास नगरपालिकाको वडा नम्बर ५, ७, ९, १० र ११ वडाका अगुवा कृषक सहभागी छन् ।

तालिममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. राजेशकुमार चौधरी, व्यास नगरपालिका कृषि तथा पशुपन्छी विभाग प्रमुख डा. मनोज विश्वकर्मा र पशु चिकित्सक डा. सञ्जय श्रेष्ठले तालिम दिएका थिए ।

उनीहरुले बाख्रा, गाईभैँसी, पशु चौपायालगायत पशुपालनको बारेमा ख्याल गर्नुपर्ने पक्ष र अनुदानको बारेमा जानकारी गराएका थिए ।

यस्तै, व्यास नगरपालिका कृषि शाखा प्रमुख प्रतिभा बगाले, कृषि ज्ञान केन्द्र तनहुँका बाली संरक्षण अधिकृत किरण परियारले कृषि बालीमा ख्याल गर्नुपर्ने पक्ष, शत्रुजीवमित्रुजीवको पहिचान र वन क्षेत्रको विकास र संरक्षणको बारेमा नारायण कोइरालाले सहजीकरण गरेको स्मृति कोषले जनाएको छ । पचास–पचास जनाको समूह बनाएर तालिम दिइएको हो ।

व्यास नगरपालिका क्षेत्रका अगुवा कृषकलाई सङ्गठित गरी आफूहरुले सीप हस्तान्तरण गर्न तालिम दिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

व्यास नगरपालिका क्षेत्रलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन आफूहरु जुटेकोसमेत नगरप्रमुख न्यौपानेले बताए ।

करिब १८ वर्षदेखि कोषले प्राङ्गारिक खेती प्रवर्द्धनको लागि विभिन्न कृषक समूह र सहकारीलाई तालिम दिँदै आएको कोषका महासचिव रामचन्द्र पोखरेलले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : २३ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट