नेपालगञ्ज उपमहानगरका उपमेयर राई जसपा नेपालमै रहने « Khabarhub

नेपालगञ्ज उपमहानगरका उपमेयर राई जसपा नेपालमै रहने


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल बाँकेका अध्यक्ष तथ नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले आफू उपेन्द्र यादव नेतृत्वकै जसपामा रहेको स्पष्ट पारेका छन् ।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूसहित बाँके जिल्ला समितिमा रहेको सबै नेताहरु जसपा नेपालमै रहेको स्पष्ट पार्दै पार्टी विभाजनको आलोचना गरेका छन् ।

राईले विभाजित मनस्थितिका केही व्यक्तिहरुले निर्वाचन आयोगमा अवैधानिक निवेदन दिएर पार्टी विभाजन गरेको आरोप लगाए ।

संसद अधिवेशन आह्वान भैसकेको अवस्थामा दल विभाजनसमबन्धी अध्यादेश खारेज भएको अवस्थामा गरिएको पार्टी विभाजन र दर्ता अवैधानिक भन्दै उनले जिल्लाका निर्वाचित जन प्रतिनिधि र बहुमत केन्द्रीय सदस्य, पार्टी नेता कार्यकर्ता पार्टीमै रहेको उल्लेख गरेका छन् ।

उनले वर्तमान अवस्थामा पार्टीलाई थप मजबूत र एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १० : १० बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ