जिबी राईलाई अघिल्लो सरकारले भगायो : गृहमन्त्री लामिछाने « Khabarhub

जिबी राईलाई अघिल्लो सरकारले भगायो : गृहमन्त्री लामिछाने


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

चितवन– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् । चितवनमा आज पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा छानबिन समिति बनाए आफूलाई आपत्ती नहुने भन्दै संसदमा बोल्न पाउनुपर्ने बताए ।

उनले आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती समेत दिए । उनले भने, ‘छानबिन समिति बनाए पनि हुन्छ । तर संसदमा बोल्न पाउनुपर्छ ।’ उनले नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘यसो गर, त्यसो नगर’ भनेर आदेश दिन नमिल्ने बताए ।

गृहमन्त्री लामिछानेले सहकारी ठगीका मुख्य आरोपी जिबी राईलाई नियन्त्रमा लिने प्रयास भइरहेको बताए । राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाए । उनले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया समेत दिए ।

उनले राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको बताए । उनले उक्त देशसँग प्रत्यर्पण सन्धि नभएकाले केही समस्या भएको बताउँदै त्यसलाई समाधान गरेर निजलाई चाँडै पक्राउ गरिने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्रीले प्रहरीले सवारीचालक अनुमतिपत्र घोटलादेखि ठूला अनियमिततासम्मका फाइल अनुसन्धान गरिरहेको बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १० : ५६ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको