बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी « Khabarhub

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा कांग्रेसका शीर्ष नेता तथा केही सांसदहरुको बैठक बसेको हो ।

बैठकमा जेठ १ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भइरहेको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले खबरहबलाई बताए ।

उनका अनुसार पूर्वपदाधिकारी, सांसद र वर्तमान पदाधिकारीहरू बैठकमा उपस्थित छन् । सबैको राय लिएर निर्णय लिने कांग्रेसको भनाइ छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ। सो बेला कंग्रेसले संसद् अवरोध नगर्ने विषयमा छलफल गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसद् बैठक अवरोध गरिरहेको छ । कांग्रेसले गृहमन्त्री माथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेको छ ।

यो पनि…
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको तयारी

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ११ : ५३ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर