बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी | Khabarhub Khabarhub

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा कांग्रेसका शीर्ष नेता तथा केही सांसदहरुको बैठक बसेको हो ।

बैठकमा जेठ १ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भइरहेको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले खबरहबलाई बताए ।

उनका अनुसार पूर्वपदाधिकारी, सांसद र वर्तमान पदाधिकारीहरू बैठकमा उपस्थित छन् । सबैको राय लिएर निर्णय लिने कांग्रेसको भनाइ छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ। सो बेला कंग्रेसले संसद् अवरोध नगर्ने विषयमा छलफल गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसद् बैठक अवरोध गरिरहेको छ । कांग्रेसले गृहमन्त्री माथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेको छ ।

यो पनि…
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको तयारी

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ११ : ५३ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको