जनकपुरधाममा ‘युथ कार्निभल’ हुँदै | Khabarhub Khabarhub

जनकपुरधाममा ‘युथ कार्निभल’ हुँदै


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– क्षमतावान युवाहरूलाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘युथ कार्निभल’ हुन लागेको छ । आगामी जेठ ४ र ५ गते जनकपुरधाम उद्योग वाणिज्य संघको हलमा सो कार्यक्रम हुन लागेको हो ।

‘एमएम डिजिटल ग्राज’को आयोजनामा हुने दुई दिवसीय कार्यक्रममा चार वटा विमर्शको सत्र राखिएको आयोजक संस्थाका प्रतिनिधि गौतम शर्माले जानकारी दिए ।

उनका अनुसार ‘व्यापार : हिजो, आज र भोलि’, ‘व्यवस्था नयाँ, शिक्षा पुरानै’, ‘वित्तीय साक्षरता आजको आवश्यकता’ र ‘एक मात्र पृथ्वी’ विषयमा विज्ञ तथा नवशिकारु युवाहरूलाई राखेर छलफल गराइने छन् ।

त्यस्तै, ‘डिजिटल मार्केटिङ र कन्टेन क्रिएटर’ विषयमा प्रशिक्षण पनि राखिएको आयोजक संस्थाका प्रतिनिधि संजय चौधरीले बताए । कला, संस्कृति, व्यापार र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नको लागि २५ वटा स्टल पनि राखिएको चौधरीले बताए ।

सांस्कृतिक कार्यक्रम र मोटिभेसनल स्पीच पनि राखिएको आयोजक संस्थाकै अर्का प्रतिनिधि प्रियांसु कर्णले बताए । दोस्रो दिन चर्चित कमेडियन आदर्श मिश्रा पनि आउने कार्यतालिका रहेको उनले बताए ।

क्षमतावान युवाहरूलाई एक ठाउँमा ल्याएर जोड्ने प्रयास गरिएको उनको भनाइ छ । यस कार्यक्रममा प्रत्यक्ष रुपमा दुई हजारभन्दा बढी युवाहरूमा क्षमता अभिवृद्धि गराउने आयोजकको लक्ष्य छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १२ : १० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’