राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्यो : प्रवक्ता सापकोटा « Khabarhub

राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्यो : प्रवक्ता सापकोटा


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

मलेखु– नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताएका छन् । अहिलेको संसद्ले जनतालाई आशावादी बनाउन नसकेको र अराजकताको अवस्थामा देश पुगेकाले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने उनले उल्लेख गरे । 

प्रेस सेन्टर नेपाल धादिङले आज धादिङबेँसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले संसद्लाई सहमतिपूर्वक सञ्चालन गरेर संसद्लाई जीवन्त, गतिशील र जनमुखी बनाउनुपर्नेमा जोड दिए।

‘राष्ट्रिय सहमतिमा जति ढिला गर्‍यो देशको अस्तित्वमाथि प्रश्न चिन्ह खडा हुन्छ । सहमति, सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्छ’, उनले भने। 

प्रवक्ता सापकोटाले आगामी बजेटले कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिएर नवप्रवद्र्धनमा जोड दिने खालको बजेट ल्याउनुपर्ने विचार व्यक्त गरे। 

सबैका लागि समृद्धि हुने नीति, कार्यक्रम र बजेट सरकारले ल्याएर देशलाई विकासको बाटोमा अघि बढाउन आवश्यक भएको उनले उल्लेख गरे।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १२ : १७ बजे

पोखराको केदारेश्वर मन्दिरमा साउने सोमबारको रौनक (तस्बिरहरू)

पोखरा– साउनको दोस्रो सोमबार आज पोखराको केदारेश्वर मन्दिरमा दर्शनार्थीको भीड लागेको

‘गौँथली’ को बम्पर व्यापार, पहिलो सातामा साढे २ लाखले हरे

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ ले

मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छ : प्रदेश प्रमुख कर्ण

जनकपुरधाम– मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मानव अधिकारको प्रभावकारी

मन्त्री लम्सालले भने- खानेपानी उपभोक्ताको माग सम्बोधन गर्छौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्ग उद्घाटन स्थलमा प्रदर्शन

काँकडभिट्टा-लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

भद्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको