म मन्त्री हुने योजनामा छैन, सुशीलाजी पनि हुनुहुन्न : अशोक राई « Khabarhub

म मन्त्री हुने योजनामा छैन, सुशीलाजी पनि हुनुहुन्न : अशोक राई


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले आफू मन्त्री हुने लाइनमा नभएको स्पष्ट पारेका छन् ।

उनले शनिबार खबरहबसँग कुरा गर्दै आफू र आफ्नी पत्नी सुशीला श्रेष्ठ मन्त्री हुने कुनै तयारीमा नरहेको बताए ।

उनले भने, ‘अहिले हामी पार्टी बनाएर जान्छौँ । यदि सरकारमा हामीले कसैलाई पठाउनुपर्ने भाग आयो भने साथीहरूलाई पठाउने हो । हामी लामो राजनीतिक यात्रामा होमिएका छौँ । साथीहरूलाई मिलाएर लान्छौँ ।’

पछिल्लो समय जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट निकालेर राई निकट सांसदलाई मन्त्री बनाउने चर्चा सुरु भएको छ  । तर यसमा प्रधानमन्त्रीले कुनै विकल्प दिएका छैनन् ।

यादवले भने आफूलाई सरकारमा काम गर्न ‘कम्फरटटेबल’ नभएको महसुस गरिरहेका छन् ।

नयाँ जसपाका अध्यक्ष राई केही दिन अघि उपप्रधानमन्त्रीसहित मन्त्री दिए आफू नै सरकारमा जान तयार रहेको चर्चा थियो । तर पछिल्लो समय उनी पछि हटेका छन् । मन्त्री बन्नुभन्दा पनि पार्टी संगठन विस्तारमा लाग्ने उनको तर्क छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १२ : ५५ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२