सरकारले रवैया प्रस्तुत गर्‍यो, कांग्रेस तलमाथि हुने कुरै छैन : गगन थापा  | Khabarhub Khabarhub

सरकारले रवैया प्रस्तुत गर्‍यो, कांग्रेस तलमाथि हुने कुरै छैन : गगन थापा 


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनाएर सरकारले रवैया प्रस्तुत गरेको बताएका छन् । 

उनले अब लामिछानेमाथि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेस तलमाथि हुने कुरै नभएको बताए । 

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकबाट कांग्रेसले संसद्मा कसरी अगाडि बढ्ने भन्ने थप निर्णय लिनका लागि सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने निर्णय गरेको समेत बताए । 

उनले भने, ‘हिजो संसद्मा हामीहरूले सभामुखसँग पनि र अन्य दलहरूसँग पनि छलफल गरेर संसद्को गतिरोध पनि अन्त्य होस्, हाम्रो माग पनि सम्बोधन होस भनेर एउटा सदासयता, लचकता राख्दाराख्दै पनि सरकारले जुन खालको रवैया प्रस्तुत गर्‍यो र सम्माननीय सभामुखले पनि जसरी संसद्को अवरोध अन्त्य गर्नका निम्ति अझ बढी संवेदनशील हुनुपर्ने हो तर प्रतिपक्षीले त्यत्रो सदासयता राख्दा पनि त्यसको नजरअन्दाज गर्ने स्थिति भयो ।’ 

उनले सरकार र प्रतिपक्ष दलबीच संसदीय समिति बनाउने कि नबनाउने भन्ने विषयमा संघर्ष चलिरहेको समेत बताए । 

गृहमन्त्री सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले फागुन ३० पछि नै निरन्तर सदन अवरोध गरिरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १ : ३२ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः