कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक « Khabarhub

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रदेशको समग्र विकास र समृद्धिका लागि साझा धारणा बनाउन भन्दै मुख्यमन्त्री कँडेलले जेठ ४ गते सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

मुख्यमन्त्री कँडेलको सचिवालयका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्ष, संसदीय दलका नेता तथा प्रमुख सचेतकलाई बैठकमा सहभागीका लागि आग्रह गरेका छन् ।

सर्वदलीय बैठकमार्फत मुख्यमन्त्री कँडेलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच आसन्न नीति तथा कार्यक्रम र बजेटका विषयमा साझा सहमति खोज्ने प्रयास गरेको बताइएको छ ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकिकृत समाजवादी र राप्रपाको प्रतिनिधित्व रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  २ : ०६ बजे

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय