रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै « Khabarhub

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

रसुवा– चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश तीर्थ र ल्हासा क्षेत्र घुम्न जाने यात्रु तथा पर्यटक आउन थालेपछि रसुवागढी नाकाको चहलपहल बढ्न थालेको छ ।

ल्हासा घुम्न हिँडेका पर्यटक हेलिकप्टरमा र मानसरोवर जाने तीर्थयात्रीहरू बसद्वारा रसुवागढी पुग्न थालेपछि सुनसान रहेको रसुवागढी तथा घट्टेखोला क्षेत्रमा क्रमशः चहलपहल बढ्दै गएको हो ।

व्यावसायिक क्षेत्रका व्यापारीको आवागमन कमी भइरहेको अवस्थामा मान सरोबरको यात्रा सुरुआतले स्थानीयको व्यापार–व्यवसायमा समेत केही अभिवृद्वि भएको छ ।  

टिमुरेको घट्टेखोलामा रहेको अध्यागमन कार्यालयमा भिसाको अभिलेख राख्नका लागि घुइँचो लाग्न थालेपछि घट्टेखोलाबाट रसुवागढी मितेरी पुलसम्मको करिब एक किलोमिटर क्षेत्रमा चहलपहल बढेको स्थानीयले बताएका छन् ।

मानसरोवर यात्राका लागि २५ जना नेपाली त्यसतर्फ प्रस्थान गरिसकेका र ल्हासाको अवलोकन भ्रमणका लागि पाँच सय विदेशी पर्यटक भिसामार्फत रसुवागढी नाकाबाट चीन प्रस्थान गरिसकेका रसुवागढी अध्यागमन कार्यालयका कार्यालय प्रमुख मुरारी निरौलाले जानकारी दिए ।

उनका अनुसार ल्हासा भ्रमण गर्न जानेहरूमा भूटान, रसिया, युक्रेन, सर्बिया, फेन्स, अमेरिकालगायत विभिन्न देशका नागरिक रहेका छन् । पर्यटकलाई हेलिअल्ट्रिच्युट तथा डानेष्ट्रीलगायत कम्पनीका हेलिकप्टरले रसुवागढीस्थित घट्टेखोला पुर्‍याएको अध्यागमन कार्यालयले जनाएको छ ।

धार्मिक तथा घुम्ने पर्यटकको यात्रा सहज पार्न भिसा प्राप्त यात्रु तथा पर्यटकलाई तत्काल अध्यागमन कार्यालयले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरी अनुमति दिने गरेको प्रमुख निरौलाले जानकारी दिए।

वसन्तऋतुको मध्यदेखि सुरु भएको मानसरोवर तीर्थयात्रा भने शरदऋतुको मध्यसम्म सञ्चालन हुने र भक्तजनको ओहोरदोहोर भइरहने स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  २ : २९ बजे

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका

बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद

काठमाडौं- सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा