लिम्पियाधुरा, लिपुलेकमा भारतीय विस्तारवाद रोक्न युवा संघ नेपालको माग  « Khabarhub

लिम्पियाधुरा, लिपुलेकमा भारतीय विस्तारवाद रोक्न युवा संघ नेपालको माग 


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता घटक दल नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले माइतीघर मण्डलामा राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम सम्पन्न गरेको छ । 

एकीकृत समाजवादीका युवाले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन साथै भ्रष्टाचार र बेथितिको विरुद्ध हाम्रो नोटमा हाम्रै देश, आन्तरिक मामिलामा नगर हस्तक्षेप नेपालको पश्चिमसम्मको भेग, लिम्पियाधुरा लिपुलेक उठौँ युवा एकै साथ रोकौँ भारतीय विस्तारवाद लगायतका नारा बोकेर बाइक र्‍याली  गरेको हो । 

युवा संघ नेपालले एमसीसीको के हो व्याख्यात्मक टिप्पणी के भो ? लगायतको नारा लिएर ४०० वटा बाइक र्‍याली गर्दै माइतीघरमा कोण सभा गरेको थियो । 

नेपालले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्दा भारतले अतिरञ्जना गरी रहेको कारण नेपालको स्वभिमानलाई उच्च राख्नका लागि युवा दबाब कार्यक्रम  गरेको युवा संघका नेता विशाल लामाले बताए ।  

उक्त सभालाई युवा संघका अध्यक्ष कृष्ण बिक, प्रवक्ता सन्जिप राई लगायतले सम्बोधन गरेका थिए ।

उनीहरूले भ्रष्टाचार र बेथितिको विरुद्धमा युवा संघ नेपालको आवाज सधैँ जनताको पक्षमा रहेकाले वर्तमान सरकारलाई जनताको जनजिविकाको सन्दर्भमा पनि आवाज बुलन्द पार्न दबाब दिए । 

नेपालको पश्चिमसम्म भू-भाग लिम्पियाधुरा, लिपुलेकलाई सरकारले आफ्नो भू-भाग बनाएर त्यहाँका नेपालीलाई  शान्तिसँग बस्न दिने वातावरण सिर्जना गर्नुपर्ने प्रवक्ता राईको माग छ । उनले सो क्षेत्रमा भारतीय हस्तक्षेप भएको भन्दै यसलाई रोक्न सरकारले छिटो पहल गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ३ : ५४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको