३१३ किलो गाँजा र अवैध लागूऔषधसहित चार जना पक्राउ « Khabarhub

३१३ किलो गाँजा र अवैध लागूऔषधसहित चार जना पक्राउ


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ३१३ किलो गाँजा र अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सुनसरीको धरानबाट एकसहित देशका विभिन्न स्थानबाट तीन जनालाई लागूऔषधसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

धरान उपमहानगरपालिका-८ स्थित बुढासुब्बा वर्कसपबाट अवैध लागूऔषध गाँजा ३१३ किलोसहित सोही वर्कसपमा काम गर्ने धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय आशिष कार्कीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले वर्कसपको कम्पाउण्डभित्र शंकास्पद अवस्थामा रहेको बा.१० च ६८३८ नम्बरको स्कार्पियो गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी कार्की पक्राउ परेका प्रहरीले जनाएको छ ।

झापाको भद्रपुर नगरपालिका-३ दाउरे चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ३४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय बबिन लिम्बुलाई शनिबार दिउँसो पक्राउ परेका छन्‌ । इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरीले मे.१० प १८९९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लिम्बुलाई उक्त पदार्थसहित पक्राउ गरेको जानकारी दिएको हो ।

बाँकेको नेपालगञ्‍ज उपमहानगरपालिका-१५ बाट पनि अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४०० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१० भृकुटीनगर बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०३९०२४ प ०६७५ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक किशोरलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको हो ।

कैलालीको गोदावरी नगरपालिका-१ बरपिपल गल्ली बस्ने २६ वर्षीय विकास कट्टेललाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्रामसहित शनिबार दिउँसो नै प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ४ : ४८ बजे

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन