संयुक्त राष्ट्रसङ्घद्वारा प्यालेस्टिनी सदस्यताको पक्षमा मतदान « Khabarhub

संयुक्त राष्ट्रसङ्घद्वारा प्यालेस्टिनी सदस्यताको पक्षमा मतदान


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय महासभाले शुक्रबार प्यालेस्टिनीहरूलाई विश्वव्यापी निकायमा थप अधिकार प्रदान गर्न भारी मतदान गरी पूर्ण सदस्यताका लागि उनीहरूको अभियानलाई समर्थन गरेको छ । उक्त अभियानलाई संयुक्त राज्य अमेरिकाले अवरुद्ध गरेको छ ।

राष्ट्रसङ्घका लागि इजरायली राजदूत गिलाड एर्डानले ठूलो मात्रामा प्रतीकात्मक मतदानप्रति रुस्ट  प्रतिक्रिया दिए । संयुक्त राष्ट्रका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले यो ऐतिहासिक प्रक्रिया भएको बताए । 

गाजामा युद्ध बढ्दा प्यालेस्टिनीहरूले अप्रिलमा सन् २०११ मा राष्ट्रसङ्घको पूर्ण सदस्य बन्न गरेको अनुरोध पुनः सुरु गरे । उनीहरूको हालको अवस्था ‘गैर-सदस्य पर्यवेक्षक राज्य’ छ । यस पहललाई सफल बनाउन संयुक्त राष्ट्र सुरक्षा परिषद्को हरियो बत्ती र महासभामा दुई तिहाइ बहुमतको आवश्यकता थियो ।

यद्यपि सुरक्षा परिषदमा भिटो प्राप्त पाँच सदस्यमध्ये एक र इजरायलको सबैभन्दा नजिकको सहयोगीका रूपमा रहेको अमेरिकाले अप्रिल १८ मा यसलाई अवरुद्ध गर्यो ।

शुक्रबारको मतदानअघि प्यालेस्टिनी राजदूत मन्सुरले यस मञ्चमा पहिले सयौँ पटक उभिएको बताउँदै यस्तो महत्त्वपूर्ण मतका लागि कहिल्यै नउभिएकाले यो अवसर ऐतिहासिक भएको बताए। 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ५ : ०६ बजे

पोखराको केदारेश्वर मन्दिरमा साउने सोमबारको रौनक (तस्बिरहरू)

पोखरा– साउनको दोस्रो सोमबार आज पोखराको केदारेश्वर मन्दिरमा दर्शनार्थीको भीड लागेको

‘गौँथली’ को बम्पर व्यापार, पहिलो सातामा साढे २ लाखले हरे

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ ले

मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छ : प्रदेश प्रमुख कर्ण

जनकपुरधाम– मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मानव अधिकारको प्रभावकारी

मन्त्री लम्सालले भने- खानेपानी उपभोक्ताको माग सम्बोधन गर्छौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्ग उद्घाटन स्थलमा प्रदर्शन

काँकडभिट्टा-लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

भद्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको