मुलुक समृद्धिका लागि प्राकृतिक स्रोत साधनको उपयोग आवश्यक : अध्यक्ष दाहाल « Khabarhub

मुलुक समृद्धिका लागि प्राकृतिक स्रोत साधनको उपयोग आवश्यक : अध्यक्ष दाहाल


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकमा भएको परिवर्तनको रक्षाका लागि राज्यका सबै निकायका साथै नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

फोकस नेपाल नामक संस्थाले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले १० वर्षे सशस्त्र आन्दोलन देखि बिभिन्न आन्दोलनबाट मुलुकमा राजनीतिक, सांस्कृतिक रूपान्तरण सम्भव भएको भन्दै मुलुकमा भएका परिवर्तनका लागि सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उनले राजनीतिक अस्थिरताका साथै आर्थिक असमानताका कारण समृद्धिको बाटोतर्फ अघि बढ्न चूनौति देखिएको धारणा राखे । मुलुकलाई समृद्धितर्फ अघि बढाउनका लागि प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै एकतावद्ध हुनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष दाहालले विकृति, विसंगतिलाई अन्त्य गर्दै समाज रूपान्तरणका लागि सामाजिक संस्थाहरू क्रियाशील हुनुपर्ने बताए । 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ५ : १९ बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा