एकीकृत समाजवादी बैठक : महाधिवेशनमा पेश हुने दस्तावेज प्रस्तुत « Khabarhub

एकीकृत समाजवादी बैठक : महाधिवेशनमा पेश हुने दस्तावेज प्रस्तुत


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेश हुने दस्तावेजहरू प्रस्तुत गरिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको समाजवादीको बैठकमा अध्यक्ष माधव कुमार नेपालले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा पेश गरेका थिए । त्यस्तै बैठकमा संगठनात्मक प्रस्ताव र विधान मस्यौदा प्रस्तावका साथै सम्मानित नेता झलनाथ खनालले समाजवादी प्रारूप प्रस्ताव प्रस्तुत गरेको नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

त्यस्तै बैठकमा पार्टी अध्यक्ष र महासचिवले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए । स्थायी कमिटी बैठकमा साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले धारणा राखेका थिए । अन्य सदस्यहरूले आइतबारको बैठकमा धारणा राख्ने र आइतबार नै स्थायी कमिटी बैठक सकिने प्रवक्ता खतिवडाले बताए । 

उनले पार्टीभित्र फुटका बारेमा कुनै चर्चा नभएको जिकिर गरे‍ । संसद्‌मा कांग्रेसले उठाएका विषय जायज भएको भन्दै प्रवक्ता खतिवडाले संसद्को अवरोध हटाउनका लागि सरकार र सभामुख गम्भीर हुनुपर्ने बताए ।

स्थायी कमिटी बैठक लम्विएपछि पोलिटब्युरो बैठक बैशाख ३१ र जेष्ठ १ गते तथा केन्द्रीय कमिटी बैठक जेठ २ गतेबाट बस्ने नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ५ : ४८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी