लाजिम्पाटमा 'जापानी खाना उत्सव' | Khabarhub Khabarhub

लाजिम्पाटमा ‘जापानी खाना उत्सव’

लिमिटेड खानामा अनलिमिटेड अफर


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौंइजाकाया होक्काइडोको आयोजनामा र्‍याडिसन होटल परिसर लाजिम्पाटमा ‘जापानी खाना उत्सव’ सुरु भएको छ । जापानी खानाका पारखीलाई लक्षित र्दै ‘जापानी खाना उत्सव’को आयोजना गरिएको होक्काइडो नेपाल बिजनेस गु्रप (एचएनबीजी)का सञ्चालक अर्जुन अधिकारीले बताए । 

उत्सवलाई होक्काइडो नेपालले ‘इजाकायाको उत्कृष्ट अनुभव अवसर’ को रुपमा लिएको बताएको छ । यो उत्सवमा जापानी खाना, पेय पदार्थ र संगीतको फरक स्वाद लिन सक्ने सञ्चालक अधिकारीले जानकारी दिए । 

उत्सवमा खानाको परिकार अनुसार प्रतिव्यक्ति ४४ सय, २७ सय र १७ सय रुपैयाँको गरी तीन प्रकारका मेनु तयार गरिएको छ । जसमा लिमिटेड खानामा अनलिमिटेड अफर पाइने सञ्चालक अधिकारीले बताए ।

एचएनबीजीले नेपालमा जापानी खानाको संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ । सन् २०१९ देखि सञ्चालनमा आएको यो गु्रपले उपत्यकाका विभिन्न क्षेत्रमा जापानी परिकारका रेष्टुरेन्टहरु सञ्चालन गर्दै आएको छ ।

बूढानीलकण्ठको पार्क भिलेज होटलको हातामा होक्काइडो रामेन हाउस रेस्टुरेन्टबाट यसको थालनी भएको थियो । त्यसयता काठमाडौंका विभिन्न ६ स्थानमा जापानी रेस्टुरेन्ट खुलिसकेका छन् ।

होक्काइडोका शाखाहरु देक्काइडो फार्म हाउस बूढानीलकण्ठ, ओमाकासे नक्साल, इजाकाय होक्काइडो र्‍याडिसन होटल, होक्काइडो हाउस सानेपाहोक्काइडो बेन्तो हाउस बौद्धमा सञ्चालित छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : १५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले