म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो | Khabarhub Khabarhub

म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्यामविरुद्धथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

म्यानचेस्टर सिटीको जितमा जोस्को गभारडिओलले २ गोल गरे भने फिल फोडेन र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ९५औं मिनेटमा फुलह्यामका इस्सा डिओपले रातो कार्ड पाएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिगका ३६ खेलपछि म्यानचेस्टर सिटी ८५ अंक हासिल गर्दै शिर्ष स्थानमा उक्लिएको छ । अब २ खेल खेल्न बाँकी रहदा सिटीले यस सिजनको प्रिमियर लिग जित्ने सम्भावना बढी देखिएको छ ।

म्यानचेस्टर सिटीले लिगमा अब मे १५ मा टोटनह्यामसँग र मे १९ मा वेस्टह्यामसँग खेल्ने छ । सिटीमाथि अब दुवै खेल जित्नै पर्ने दबाब रहेको छ ।

त्यस्तै ३६ खेलमा ८३ अंकसहित आर्सनल दोस्रो स्थानमा रहेको छ । त्यसैगरी आर्सनलले आफ्ना अन्तिम दुई खेलमा आइतबार म्यानचेस्टर युनाइटेडसँग र मे १९ मा एभर्टनसँग खेल्ने तालिका रहेको छ ।

दुवै खेलमा जितभन्दा अन्य नतिजाले आर्सनललाई लिग उपाधिको दौडबाट बाहिर लैजाने छ । त्यसैगरी फुलह्यामको २७ खेलमा ४४ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : २१ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य