इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा « Khabarhub

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित गर्दै इटालीको सिरी ए उपाधि जितेको छ । यो जितसँगै इन्टरले पछिल्लो ६ सिजनमा तेस्रो पटक उपाधि जितेको हो । उपाधि निश्चित भएपछि सानसिरो र मिलान सहरमा समर्थकले खुसीयाली मनाए।

इन्टरको जितमा मार्कस थुराम र हेनरिक मखाटेरियनले एक–एक गोल गरे । लिगमा अब तीन चरणका खेल बाँकी रहँदै इन्टरले दोस्रो स्थानमा रहेको नेपोलीमाथि १५ अङ्कको निर्णायक अग्रता बनाउन सफल भएको छ ।

अङ्क तालिकामा इन्टरको ३५ खेलबाट ८२ अङ्क भएको छ । समान खेलबाट नेपोलीको ७० र एसी मिलानको ६७ अङ्क रहेको छ । सिरी ए च्याम्पियन बनेको इन्टरले अब अर्को साता कोपा इटालियाको फाइनलमा लाजियोको सामना गर्नेछ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ८ : ०६ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी