टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने « Khabarhub

टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

टीकापुर – टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने भएको छ । पालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्न रणनीतिक योजना निर्माण गरिएको छ ।

बालविवाह अन्त्यका लागि तीन वर्षमा गरिने कार्यको खाका तयार गरेको छ । प्रारम्भिक खाकाअनुसार रणनीतिक योजनालाई अन्तिम रूप दिइने र त्यसैअनुसार बालविवाह अन्त्यका लागि काम अघि बढाइने महिला बालबालिका शाखा प्रमुख सङ्गीता शाहले जानकारी दिए ।

“हामीले बालबालिका, परिवार, समाजलाई बालविवाहविरुद्ध सचेत गराउन विभिन्न कार्यक्रम गर्नेछौँ, बालविवाह अन्त्यका लागि बढी जिम्मेवार बालबालिकालाई नै गराउनुपर्ने देखिएको छ”, शाहले भने, “हाम्रो यहाँ घरपरिवार सचेत हुनुहुन्छ, तर बालबालिकाको स्वेच्छिक विवाह चुनौती रहेको छ । बालबालिकाले गर्ने प्रेम विवाहले बालविवाह न्यूनीकरणमा समस्या देखिएको छ ।”

पालिकाको रणनीतिक योजनामा बालबालिकालाई सचेत गराउने कुरालाई प्राथमिकता दिइएको छ । बालविवाह अन्त्यका लागि १४ देखि २० वर्षमुनि उमेरका बालबालिकालाई बालविवाहसम्बन्धी कानुनी जानकारी, बालविवाहका असर, समुदायलाई पर्ने प्रभावबारे जानकारी दिइने भएको छ ।

बालविवाह अन्त्यका लागि विद्यार्थी नै अभियन्ताका रूपमा काम गर्नेछन् । प्रहरी, शिक्षक, अभिभावक, बडघर, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सबैलाई परिचालन गरिनेछ । “तीन वर्षमा करिब रु दुई करोड बजेट आवश्यक हुनेरहेछ, समुदायमा विभिन्नखाले जनचेतनामूलक कार्यक्रम गर्ने योजना बनेको छ”, शाहले भने।

नगरप्रमुख रामलाल डगौरा थारूले विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त नगरपालिका बनाउने अभियानमा नगरपालिका सक्रिय भएर लाग्ने बताए । उनले त्यसका लागि बालबालिकालाई प्रशिक्षित बनाउन आवश्यक रहेको र सबैले सकारात्मक वातावरण बनाउनुपर्ने बताए ।

“पालिकाले सबैखाले सहयोग गर्नेछ, यसमा सबै सरोकारवालाका साथ र सहयोग लिइनेछ”, नगरप्रमुख थारूले भने, “हामी आवश्यकतानुसार बजेटको व्यवस्था गर्नेछौँ ।”नगरपालिकाले बालविवाह अन्त्यका लागि यसअघि ‘हाम्री छोरी प्यारी छोरी’ कार्यक्रममार्फत छोरीको खातामा रकम जम्मा गरिदिने, सुत्केरी पोषण कोसेली कार्यक्रमजस्ता काम गरिरहेको छ ।

बालिका अनिषा चौधरीले बालविवाहले समुदायमा धेरै नकारात्मक असर परिरहेकाले बालविवाह हुन नदिन सबै जिम्मेवार बन्नुपर्ने बताए । “हामीले त विगतदेखि नै रोक्दै आएका छौँ, बाल क्लबमार्फत हामीले बालविवाहका असरबारे सचेत गराइरहेका छौँ”, उनले भने, “बालविवाह भइरहेको वा भएको जानकारी पाएमा तुरुन्त प्रहरीलाई खबर गर्नुपर्छ भन्नेमा सचेत भएका छौँ ।”

बालविवाह समुदायको समस्या रहे पनि इलाका प्रहरी कार्यालय टीकापुरमा बालविवाहको एउटा पनि उजुरी दर्ता भएको छैन । प्रहरीका अनुसार बालबालिकाले प्रेम विवाह गरी घर छाडेर भारत वा अर्को जिल्ला जाँदा अभिभावकले बालबालिका हराएको उजुरी गर्ने गरेका छन् । जसले बालविवाहको तथ्याङ्क देखिँदैन ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : ३६ बजे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै