विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : रोचक खेलमा बंगलादेश ४ रनले पराजित « Khabarhub

विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : रोचक खेलमा बंगलादेश ४ रनले पराजित


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ। सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि ४ रनको रोचक जित निकालेको हो। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य भेट्न नसक्दा बंगलादेश ६ रनले पराजित भएको हो।

सोमबार न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो। ११४ रनको लक्ष्य पछ्याएको बंगलादेश पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १०९ रनमा समेटिएको हो।

सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए। ४४ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे। उसका लागि डेविड मिलरले २९, क्विन्टन डि ककले १८ रन बनाए।

बंगलादेशका तान्जिन हसन साकिबले तीन विकेट लिए भने ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट हात पारे।

११४ रनको लक्ष्य पछ्याएको बंगलादेशका लागि तोहिद हृदयले सर्वाधिक ३७ रन बनाए। ३४ बलमा खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे। जितका लागि अन्तिम ओभरमा छक्का प्रहार गर्दा आउट भएका मोहम्मदुल्लाहले २७ बलमा २० रन जोडे। कप्तान नजमुल होसेन सान्तोले २३ बलमा १४ रन बनाए।

सामान्य लक्ष्य पछ्याएको बंगलादेशलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि केशव महाराजले तीन विकेट हात पारे भने कागिसो रबाडा र एनरिच नोर्टजेले दुईदुई विकेट लिए।

योसँगै विश्वकपमा दक्षिण अफ्रिका लगातार तेस्रो खेलमा विजयी भएको छ। समूह ‘डी’को शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिकाले ६ अंक जोडेको छ।

दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसमाथि जित निकालेको थियो। बंगलादेश तालिकाको दोस्रो स्थनमा छ। पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको बंगलादेश दोस्रो जितको खोजीमा छ।

समूह ‘डी’मा दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्याड्स, नेपाल र श्रीलंका छन्। नेदरल्यान्डस्ले दुई अंक जोडेको छ भने यो समूहमा नेपाल र श्रीलंका अंकबिहीन छन्।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ५ : ३५ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड