बलोचिस्तानमा शैक्षिक अवस्था कमजोर : बीएसएसी « Khabarhub

बलोचिस्तानमा शैक्षिक अवस्था कमजोर : बीएसएसी


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा विद्यार्थीहरुले आफ्नो क्षेत्रमा शिक्षाको स्तर खस्केको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बलोच विद्यार्थी कार्यसमिति (बीएसएसी) ले विज्ञप्ति जारी गर्दै बलोचिस्तान क्षेत्रमा शैक्षिक पूर्वाधारको अवस्था कमजोर रहेको भन्दै चिन्ता व्यक्त गरेको हो ।

विज्ञप्तिमा बीएसएसीले पछिल्लो समय बलोचिस्तानमा शैक्षिक अवस्था अत्यन्त कमजोर रहेको जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त संगठनले सो क्षेत्रमा साक्षरता दर केबल २६ देखि ३० प्रतिशत रहेको र महिला साक्षरताको स्तर झनै खराब रहेको उल्लेख गरेको छ ।

संगठनले गराएको सर्वेक्षणमा प्रान्तका ८० प्रतिशत विद्यालयहरु कामै नलाग्ने पाइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसबाहेक बलोचिस्तान प्रान्तमा उच्च शिक्षाको अवस्था पनि निकै खराब रहेको जनाइएको छ ।

त्यसबाहेक सरकारले बलोचिस्तान प्रान्तमा शिक्षाका लागि आवश्यक स्रोत पनि विनियोजन नगरेको बीएसएसीले आरोप लगाएको छ ।

सर्वव्यापी शिक्षा आधारभूत मानव अधिकार रहेको भन्दै बीएसएसीले सबै जनतालाई समान शैक्षिक अवसर प्रदान गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ८ : ४९ बजे

सडकमा कलम बेच्ने ती बालक, जो पछि करोडौँलाई हँसाउने जोनी लिभर बने

बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले