मोरङको जेफाले : जसले बिर्साउँछ इलामको चियाबारी (फोटो फिचर) « Khabarhub

मोरङको जेफाले : जसले बिर्साउँछ इलामको चियाबारी (फोटो फिचर)



बिराटनगर- धनकुटाको दक्षिण पूर्वी सीमासँग जोडिएको मोरङको केराबारी गाउँपालिका–२ सिंंहदेवस्थित जेफाले पछिलो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ ।

इलाम बिर्साउने चिया बगान र धनकुटाको भेंडेटार बिर्साउने भ्यु टावर र चिसो मौसम भएकाले जेफालेले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो ।

मोरङ जिल्लाको एक मात्र चिया बगानले पनि त्यहाँ घुम्न पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ।

सुगम जिल्ला मोरङको दुर्गम क्षेत्रमा पर्ने जेफाले डाँडो एक हजार ९ सय ७० मिटर उचाइमा छ । यहाँ बाह्रैमास हावा चलिरहने र छिनछिनमै मौसम परिवर्तन हुने गर्छ । यहाँबाट पूर्वको १६ जिल्ला नाङ्गो आँखाले देख्न सकिन्छ ।


जेफाले पर्यटन विकास समितिका अध्यक्ष डिल्लीराम अधिकारीका अनुसार जेफाले डाँडाबाट सूर्याेदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन गर्न सकिन्छ । जसका कारण पूर्वी नेपालका पर्यटकीय स्थानहरुमध्ये मोरङको सिंहदेवीमा रहेको जेफाले नयाँ गन्तव्यका रुपमा विकास हुन थालेको छ ।

सरकार र स्थानीयको संयुक्त पहलमा जेफालेलाई पर्यटकीय केन्द्रमा विकास गर्न थालिएपछि जेफाले पूर्वी नेपालको नयाँ गन्तव्यका रुपमा विकास भएको हो ।

उत्तरी मोरङको बिकट क्षेत्र मानिने जेफालेको अर्को बिशेषता भनेको छिनछिनमै हुने मौसम परिवर्तन हो ।

मोरङ र धनकुटाको सीमानामा पर्ने जेफाले डाँडामा चारतले भ्यू टावर निर्माण गरिएको छ । भ्यू टावरबाट विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजंगा देख्न सकिन्छ । सिंहदेवीको बिहीबारे बजारबाट तीनसय मिटर उत्तर पुगेर एक हजार वटा सिँढी चढेपछि भ्युटावर पुगिन्छ ।

मोरङको कोशी हरैंचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्ने भएकाले पर्यटकहरुको मन लोभ्याउने गरेको छ ।

तर, जेफाले जाने सडक भने लामो समयदेखि निर्माणधीन अवस्थामा रहेकाले बर्षाको समय सवारी साधन चल्ने अवस्था छैन ।

विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजङ्घा पनि देख्न सकिन्छ । जेफाले भ्युटावरबाट दक्षिण पश्चिममा पाथीभरा देवीको मन्दिर छ । यो क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यावरणीय पर्यटनको सङ्गमस्थल विकास हुने क्रममा रहेको अधिकारीले बताए ।

जेफाले पुग्न धनकुटाको भेडेटार राजारानीबाट सम्वेवा चोक हुँदै पनि जान सकिन्छ । जेफाले क्षेत्रलाई पर्यटकयि गन्तव्यका रुपमा विकास गरी त्यहाँ पुग्ने पर्यटकलाई खान वस्नको सुविधा प्रदान गर्ने उद्देश्यले सिंहदेवीस्थित विहीबारेमा १० घरमा सामुदायिक होम्स्टे सञ्चालनमा छन् । जहाँ एकै पटकमा १ सय १० जना बास बस्न सक्छन् ।

जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाचेर सांस्कृतिक मनोरञ्ज प्रदान गर्ने गरिएको छ ।

जेफाले घुम्न पुग्ने पाहुनाका लागि लोकल कुखुराको मासु, ढिँडो, सिस्नुको तरकारी बिशेष परिकार हुनेछ । बेलुकीको बासमा मगर जातिको हुर्रा नाच र लिम्वु जातिको धान नाचबाट सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको जेफाले सामुदायिक होमस्टेका अध्यक्ष युवराज खड्काले बताए ।

खासगरी बर्षको ९ महिना तराईका विभिन्न जिल्लाबाट गर्मी छल्ने पर्यटकहरु जेफाले पुग्ने गरेका छन् । जसका कारण जेफालेमा आन्तरिक पर्यटकको आवागमन बाक्लो हुने गरेको छ ।

सञ्चार, शिक्षा, सडक लगायतका विकासको पूर्वाधारमा पछि परेको जेफाले क्षेत्रमा होमस्टे सेवा सुरु भएपछि स्थानीयका लागि आम्दानीको स्रोत बढ्दै गएको छ ।

स्थानीय कृषि उद्यमी तथा व्यवसायी बिनादेवी राईको इलाम बिर्साउने चिया बगान पर्यटकलाई तान्ने अर्काे आकर्षक गन्तव्य हो । चियाबारी करिब १ हजार रोपनी क्षेत्रफलमा छ ।

अन्य तस्बिरहरु हेर्नुहोस् : 

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १ : ५४ बजे

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब