नयाँ चरणको आर्थिक सुधारको बाटोमा छौँ : अर्थमन्त्री पुन « Khabarhub

नयाँ चरणको आर्थिक सुधारको बाटोमा छौँ : अर्थमन्त्री पुन


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तीन खम्बे अर्थनीति अनुसार नै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रलाई अग्रभूमिकामा राख्दै संविधानमा उल्लेख तीन खम्बे अर्थनीति अनुसारनै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका हुन् ।

राजनीतिक नेतृत्व लगायतका विज्ञहरूको सहभागितामा आर्थिक सुधारका लागि नीतिको निरन्तरतासहितको रोडम्याप आयोगमार्फत बनाइने उनले बताए । 

अर्थमन्त्री पुनले जलविद्युत क्षेत्र, सिमेन्ट क्षेत्र लगायतमा पुरानै नीति भएकै कारण उक्त क्षेत्र राम्रो भएको भन्दै सूचना प्रविधि लगाएका रुपान्तकारी क्षेत्रमा पनि साझा रोडम्याप बनाउन जरुरी रहेको धारणा राखे । 

सरकारले लिएको लक्ष्य अनुसार नयाँ चरणको आर्थिक सुधारको काममा सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  २ : ५५ बजे

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन