नेप्सेले पार गर्‍यो २१ सय विन्दु, शेयर बजार ३३.१५ अंकले बढ्यो  | Khabarhub Khabarhub

नेप्सेले पार गर्‍यो २१ सय विन्दु, शेयर बजार ३३.१५ अंकले बढ्यो 


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २१ सय विन्दु पार गरेको छ । शेयर बजार लगातार दोस्रो दिन पनि बढेर नेप्सेले २१ सय विन्दु पार गरेको हो । 

सोमबार नेप्से ८.९० अंकले बढेर बन्द भएको थियो । आज पनि नेप्सेको बढ्ने क्रम जारी रहेको छ । आज मंगलबार नेप्से ३३.१५ अंकले बढेको छ । आज नेप्से १.५९ प्रतिशतले बढेर २११५.२४ विन्दुमा पुगेको छ । 

आज ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक किनबेच भएको छ ।

मंगलबार ३११ वटा कम्पनीको शेयर कारोबार हुँदा २०३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  

आज सेन्सेटिभ इन्डेक्स ४.१८ अंकले, फ्लोट इन्डेक्स २.५२ अंकलेसेन्सेटिभ फ्लोट इन्डेक्स १.६६ अंकले घटेको छ । 

मंगलबार १३ वटा समूहमध्ये सबैको मूल्य बढेको छ । आज सबैभन्दा बढी जिवन बीमामा लगानीकर्ताको उत्साह देखिएको छ भने सबैभन्दा कम म्युचल फण्डमा देखिएको छ । जिवन बीमा २४१.११ अंकले बढेको छ भने म्युचअल फण्ड ०.०९ अंकले बढेको छ । 

बरुण हाइड्रोपावर, कुथेली बुखारी साना जलविद्युत, माथिल्लो हेवाखोला जलविद्युत र भगवती जलविद्युत विकास कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । एनआरएन पूर्वाधार र विकासको शेयरमा पनि ९.०८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ३ : ३३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’