प्रवक्ता महतको आरोप- देशलाई होइन, आफ्ना लागि काम गर्नेलाई राजदूत बनाउन खोजिँदैछ « Khabarhub

प्रवक्ता महतको आरोप- देशलाई होइन, आफ्ना लागि काम गर्नेलाई राजदूत बनाउन खोजिँदैछ


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्णय गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले विभिन्न देशमा नियुक्त भएका केही राजदूतहरूले देशको हितको पक्षका निकै राम्रा काम गरे पनि सरकारले उनीहरूलाई पूर्वाग्रही ढंगले फिर्ता बोलाउने निर्णय गरेको बताएका हुन् ।

अत्यन्त व्यवसायीक हैसियत राख्ने राजदूतहरूलाई फिर्ता बोलाउनु उचित नभएको उनको भनाइ छ ।

उनले देशका लागि नभएर आफ्ना लागि काम गर्ने मान्छेलाई राजदूतका नियुक्त गर्न खोजेको आरोप लगाए ।

प्रवक्ता महतले फजुल खर्चमा बजेट विनियोजन भएको भन्दै कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ५ : ४८ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन