कसरी लम्ब्याउने ल्यापटपको ब्याट्रीको आयु « Khabarhub

कसरी लम्ब्याउने ल्यापटपको ब्याट्रीको आयु


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय हरेकका हातमा मोबाइल जस्तै धेरैको साथमा ल्यापटप पनि हुन्छ । अनलाइन काम होस् या अन्य विद्यार्थीका असाइनमेन्टहरु तयार गर्न अनलाइन क्लासहरू पढ्न ल्यापटपको प्रयोग गर्ने गरिन्छ ।

ल्यापटपमा काम गर्दा होस् या भिडियो सामग्रीहरु हेर्दा होस् प्राय चार्जमा नै जोडेर चलाउने गरेको देखिन्छ यसको कारण हो चार्ज नटिक्नु  ।

कहिलेकाहीँ ल्यापटप प्रयोगकर्ताका  गल्तीका कारण पनि ब्याट्रीमा असर पर्दछ र ब्याट्रीको आयु छोटिँदै जान्छ । ल्यापटपको ब्याट्रीमा गिरावट आउन नदिनका लागि केही उपायहरू अपनाउन सकिन्छ ।

– पहिलाे नंबरमा  कहिले पनि आफ्नो ल्यापटपलाई रातभर चार्जमा लगाएर नछोड्नुहोस् । यसो गर्दा ल्यापटपको ब्याट्री जीवनलाई कम वा पूर्णरुपमा समाप्त गरिदिने जोखिम हुन्छ ।

– ल्यापटप प्रयोग गर्दा ब्याट्री सेभर प्रयोग गर्नुहोस् ।

– त्यसै गरी ल्यापटप चार्ज गरिरहेको बेलामा  पनि चलाउनु उपयुक्त मानिँदैन । यसले ल्यापटपको ब्याट्री लाइफ खराब हुन्छ । त्यसैले ल्यापटपमा पूर्ण चार्ज भइसकेपछि चार्जर झिकेर मात्रै प्रयोग गर्नु राम्रो हुन्छ ।

– जसरी हामी माेबाइलमा १०० प्रतिशत चार्ज गर्दैनाौँ त्यसैले गरी ल्यापटपमा पनि गर्नु हुदैन । ल्यापटपको ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म मात्रै चार्ज गर्नु पर्छ । ल्यापटपमा ब्याट्रीको चार्ज २० प्रतिशत भन्दा तल झर्न नदिने र ८० प्रतिशत भन्दा धेरै चार्ज गर्नु हुँदैन ।

– ल्यापटप चार्ज गर्ने बेला बन्द वा गर्मी ठाउँमा राखेर ल्यापटप पनि गर्नु हुँदैन यसो गरेमा तात्ने समस्या निम्तिन सक्छ ।

–  सक्कली वा ब्राण्डेड चार्जरबाट मात्रै चार्ज गर्नु पर्छ ।

विभिन्न मिडियाकाे सहयाेगमा 

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : ०८ बजे

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण