पाकिस्तानमा आतंकवादी हमला, ७ सैनिकको मृत्यु « Khabarhub

पाकिस्तानमा आतंकवादी हमला, ७ सैनिकको मृत्यु


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादी आक्रमणमा सात सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिस पब्लिक रिलेसन्सले लक्की मारवत जिल्लामा सुरक्षा बलको गाडी नजिकै भएको बम विस्फोटमा एक वरिष्ठ अधिकारीसहित सात सेनाको मृत्यु भएको जनाएको हो । 

सेनाले विज्ञप्तिमा जनाएअनुसार अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वाको लक्की मारवत जिल्लामा आइतबार सडक किनारमा भएको बम विस्फोटको बदलास्वरूप छापा मारिएको थियो । सोही क्रममा सेनामाथि आतङ्कवादी आक्रमण भएको हो ।

पाकिस्तानी अधिकारीहरूले प्राय: अफगानिस्तानका तालिवान शासकहरूले तेहरिक-ए-तालिबान-ए-पाकिस्तान (टीटीपी) लडाकुहरूलाई आश्रय दिएको आरोप लगाउने गरेका छन्‌ । तर, काबुलले सो आरोप बारम्बार अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : १२ बजे

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना

फुटबल प्रतियोगितामा विजेतालाई अलैँची पुरस्कार

ताप्लेजुङ– फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची