आज यी भूभागमा हुनेछ अति भारी वर्षा « Khabarhub

आज यी भूभागमा हुनेछ अति भारी वर्षा


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ  (नेपालको दक्षिण भूभाग र सिमाना आसपास) रहेको जनाएको छ । जसका कारण आज भारी वर्षासमेतको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका  केही स्थान, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका  एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

आज राती पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ६ : २८ बजे

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी