५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने « Khabarhub

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले निर्माण थालेको एक्रो ब्रिज जडान कार्य सम्पन्न गरेको छ।

नेपाली सेनाको टोलीले निरन्तर खटिएर पाँच दिनमा पुल जडानको काम पूरा गरेको हो। बाढीले पक्की पुल बगाएपछि देवीघाट क्षेत्रमा नुवाकोटसहित आसपासका विभिन्न स्थानको यातायात सम्पर्क प्रभावित भएको थियो।

नयाँ एक्रो ब्रिज जडान सम्पन्न भएसँगै भोलिदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिने भएको छ। यस्तै, पर्सिदेखि सवारीसाधनसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

भोटेकोशी नदीमा आएको बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई आवतजावतमा ठूलो समस्या हुँदै आएको थियो। पुल नहुँदा दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि सर्वसाधारणको नियमित आवतजावतसमेत प्रभावित बनेको थियो।

बाढीपछि यातायात सम्पर्क सहज बनाउन नेपाली सेनाले तत्काल एक्रो ब्रिज जडानको काम अघि बढाएको थियो। सेनाको टोलीले दिनरात निरन्तर काम गरेपछि छोटो समयमै पुल तयार भएको हो।

पुल सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित बनेको देवीघाट क्षेत्रको यातायात सेवा क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ। यसबाट स्थानीयवासी, व्यवसायी तथा यात्रुहरूलाई ठूलो राहत पुग्ने भएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ११ : १२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु