कोपा अमेरिका सेमिफाइनल : उरुग्वेविरुद्ध अग्रता लिएको कोलम्बिया १० खेलाडीमा सीमित « Khabarhub

कोपा अमेरिका सेमिफाइनल : उरुग्वेविरुद्ध अग्रता लिएको कोलम्बिया १० खेलाडीमा सीमित


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिका कप फुटबलको दोस्रो सेमिफाइनलमा कोलम्बियाले पहिलो हाफमा उरुग्वेविरुद्ध एक गोलको अग्रता लिएको छ।

उसका लागि खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले अग्रता दिलाएका हुन्। खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाएका छन्। उनी मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको छ।

दोस्रो सेमिफाइनलको विजेताले पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग फाइनल खेल्नेछ।

बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगिसेको छ।

ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित गर्दै उरुग्वे सेमिफाइनल पुगेको हो। कोलम्बिया भने पानामालाई ५-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो।

२७ खेलमा अपराजित रहेको कोलम्बियाले उरुग्वेलाई चुनौती दिइरहेको छ। सन् २०११ मा कोपा अमेरिकाको उपाधि जितेपछि उरुग्वेले पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ६ : ४७ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू