प्रचण्ड पत्नी सीता दाहालको पहिलो स्मृतिसभा « Khabarhub

प्रचण्ड पत्नी सीता दाहालको पहिलो स्मृतिसभा


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गिनी सीता दाहालको प्रथम स्मृति दिवसमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालसहित उनका परिवारका सदस्यहरूले सीता दाहालको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गरे ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरे । प्रधानमन्त्रीको सचिवालयका सदस्य, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिति थियो । माओवादी नेत्री सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।

नेत्री सीता परिवर्तनका योद्धाका रूपमा सधैँ स्मरणमा रहनुहुने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरे । नेत्री दाहाल माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए। 

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  १२ : १४ बजे

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा