स्रोत नखुलेको ३८ लाखसहित एकजना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको ३८ लाखसहित एकजना पक्राउ


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  काठमाडौँ महानगरपालिका-२२ सुन्धाराबाट स्रोत नखुलेको ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । साथै प्रहरीले बाप्र २०४८प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ ।

यसैबीच, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका-७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट २०८१ असार १२ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका कुमारीगालबाट पक्राउ गरेको हो ।

 निजलाई प्रहरी वृत्त गौशालाले हिरासतमा लिएर अनुसन्धान थालेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  १ : ४२ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी