एटीएम फोडेर पैसा चोर्न खोज्ने दुई जना पक्राउ | Khabarhub Khabarhub

एटीएम फोडेर पैसा चोर्न खोज्ने दुई जना पक्राउ


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बुढानिलकण्ठस्थित माछापुच्छ्रे बैंकको एटिएम फोड्नेक्रममा दुई जना पक्राउ परेका छन् । 

वडा नम्बर ३ रुद्रेश्वर चोक स्थित सडकको किनारमा रहेको बैंकको एटिएम तोडफोड गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । 

स्थानीयले बुधबार बिहान ३ः१० बजे स्थानीयले एटिएम तोडफोड हुँदै गरेको जानकारी दिएपछि प्रहरी वृत्त महाराजगञ्जको टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । 

पक्राउ परेका नुवाकोट ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षका सुजन तामाङ रहेका छन् । उनीहरूबाट एटिएम फोड्न प्रयोग हुने विशेष प्रकारको फलामको रड बरामद गरिएको छ । उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  २ : २७ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास