गगन भन्छन्- म अहिले मन्त्री हुन्नँ, सरकार बनेसँगै कांग्रेस-एमाले सहमति सार्वजनिक हुन्छ « Khabarhub

गगन भन्छन्- म अहिले मन्त्री हुन्नँ, सरकार बनेसँगै कांग्रेस-एमाले सहमति सार्वजनिक हुन्छ


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

बिराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकार गठनको प्रक्रियामा गएपछि नेकपा एमालेसँग भएको सहमति सार्वजनिक गरिने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सदनमा विश्वासको मतको प्रक्रिया सकेर नयाँ सरकार गठनतिर गइसकेपछि मात्रै कांग्रेस–एमाले सहमति सार्वजनिक हुने बताए ।

पार्टीका सबै सदस्यहरूलाई सहमतिका सबै बुँदाबारे जानकारी गराइसकिएको भन्दै थापाले एमालेसँगको सहमतिको इमान्दारीताका साथ पालना हुने पनि बताएका छन् ।

थापाले महामन्त्रीको रुपमा काम गर्दा समयको दबाब रहेकाले आफू सरकारमा नजाने बताए । उनले आफू महामन्त्रीकै रुपमा पार्टी कामलाई प्रभावकारी बनाएर अघि बढाउने पनि बताएका छन् ।

त्यस्तै थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै संविधान कार्यान्वयन गर्दै जाने क्रममा आउने त्रुटिलाई सच्याउन सबैको साथ र समर्थन आवश्यक रहने धारणा राखे ।

महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर नपर्ने गरी संविधानको पुनरावलोकन गरिने पनि बताएका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  २ : ४२ बजे

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री