गगन भन्छन्- म अहिले मन्त्री हुन्नँ, सरकार बनेसँगै कांग्रेस-एमाले सहमति सार्वजनिक हुन्छ « Khabarhub

गगन भन्छन्- म अहिले मन्त्री हुन्नँ, सरकार बनेसँगै कांग्रेस-एमाले सहमति सार्वजनिक हुन्छ


२७ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

बिराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकार गठनको प्रक्रियामा गएपछि नेकपा एमालेसँग भएको सहमति सार्वजनिक गरिने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सदनमा विश्वासको मतको प्रक्रिया सकेर नयाँ सरकार गठनतिर गइसकेपछि मात्रै कांग्रेस–एमाले सहमति सार्वजनिक हुने बताए ।

पार्टीका सबै सदस्यहरूलाई सहमतिका सबै बुँदाबारे जानकारी गराइसकिएको भन्दै थापाले एमालेसँगको सहमतिको इमान्दारीताका साथ पालना हुने पनि बताएका छन् ।

थापाले महामन्त्रीको रुपमा काम गर्दा समयको दबाब रहेकाले आफू सरकारमा नजाने बताए । उनले आफू महामन्त्रीकै रुपमा पार्टी कामलाई प्रभावकारी बनाएर अघि बढाउने पनि बताएका छन् ।

त्यस्तै थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै संविधान कार्यान्वयन गर्दै जाने क्रममा आउने त्रुटिलाई सच्याउन सबैको साथ र समर्थन आवश्यक रहने धारणा राखे ।

महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर नपर्ने गरी संविधानको पुनरावलोकन गरिने पनि बताएका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  २ : ४२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४