नेपाल पत्रकार महासंघको निर्देशन यूके शाखाद्वारा बहिष्कार « Khabarhub

नेपाल पत्रकार महासंघको निर्देशन यूके शाखाद्वारा बहिष्कार


२७ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बेलायत– नेपाल पत्रकार महासंघको निर्देशन विपरित नेपाल पत्रकार महासंघ यूकेको महाधिवेशन गर्ने तयारी गरिएको छ । 

नेपाल पत्रकार महासंघ बेलायत शाखाको जुलाई १४ मा हुने छैटौँ अधिवेशन स्थगन गर्न महासंघका अध्यक्ष विपुल पोख्रेलले एक पत्र पठाउदै निर्वाचनका सबै प्रकृया रोक्न निर्देशन दिएका थिए ।

अध्यक्ष ध्रुर्वराज अर्याल र महासचिव नरेन्द्र बस्नेतले मंगलबार एक प्रेसवक्तव्य जारी गर्दै अधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रमका कयौँ प्रक्रिया समेत अगाडि बढिसकेको सन्दर्भमा बाँकी प्रक्रिया सुचारु र यथावत रहने स्पष्ट गराएका छन् ।

आवधिक अधिवेशन र निर्वाचनमार्फत नेतृत्व हस्तान्तरण गर्ने कुनै पनि संस्थाको प्रजातान्त्रिक संस्कार र अभ्यासप्रति हामी प्रतिवद्ध छौं, वक्तव्यमा भनिएको छ ।

शाखाले अधिवेशनका सम्बन्धमा अफवाह फैलाउने नियतले सामाजिक सञ्जालमा प्रेषित केही भ्रामक सामग्रीप्रति शाखाको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको छ ।

साथै, महासंघ केन्द्रको निर्वाचन दुई पटकसम्म पनि निर्धारण भएको मितिमा सम्पन्न हुन नसकेर अनिश्चितकालका लागि स्थगित भएको सन्दर्भमा बेलायत शाखाको अधिवेशन तोकिएकै समयमा गर्ने शाखाले दावी गरेको छ ।

नेपाल पत्रकार महासंघ यूकेका बरिष्ठ उपाध्यक्ष दिनेश परियारले शाखामा सदस्यता विवाद यथावत रहेको र केन्द्रीय प्रतिनिधि समेत नतोकिएको अवस्थामा आइतबार हुने सबै निर्वाचन प्रकृया स्थगन भएको जनाएका छन् ।

शाखाको नेतृत्वका लागि उम्मेदवार बनेका श्याम लुइँटेलले नेपाल पत्रकार महासंघ केन्द्रको निर्देशन अनुसार अघि बढ्दा सबै हित हुने बताए । उनले आबेगमा नभएर समझदारीमा काम गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  २ : ५१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया